150
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओली कागजी बादशाह मात्र भएको बताएकी छिन् प्रतिगमनविरुद्ध आज नेकपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै उनले आज काठमाडौंमा देखिएको जमातले प्रधानमन्त्री केपी शर्मा ओली ढलिसकेको देखाइसकेको बताइन् ।
‘आज काठमाडौंको यो मध्य सडकमा देखिएको मानवसागरले भन्छ, खड्गप्रसाद ओली कागजी वादशाह हुन्, उनी ढलिसके अब फ्याल्ल मात्रै बाँकी छ’, उनले थपिन्, ‘कागजी वादशाहले पहिले जे गर्थे अहिले खड्ग प्रसाद ओलीले त्यही गरेका छन् ।’