181
			
		
		
			
            
				            
			
			        
    तिलोत्तमा। रुपन्देही पाल्पा माडीफाट माइत आएकी सबिना दर्जी आफ्नी एक बर्षीय छोरी रीतिमा दर्जी सहित बेपत्ता भएपछी खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। रुपन्देही बुटवल माझगाउँ जान भनि काठमान्डौ बाट माघ २३ गते हिडेको तर गन्तब्य सम्म नपुगेको थाहा पाएपछि विभिन्न प्रहरी कार्यालयमा खोजीगरी दिन आग्रह गरिएको परिवार स्रोतले बताएको छ।
३२ बर्षिय सबिनाका श्रीमान् काठमान्डौ मै रहेको बताइएको छ। छोरी सहित बेपत्ता भएकी सबिनालाइ कहिँ कतै देखेमा या भेटिएमा नजिकको प्रहरी कार्यालय, स्थानिय तह तथा सिधा सम्पर्क मोबाइल नम्बर ९८६७४८२०५७ र ९८६७५४४८५६ मा सम्पर्क गरिदिन आग्रह समेत गरिएको छ।
			        

												
														

