कञ्चनमा गौतम बुद्ध सामुदायिक बिकास केन्द्रद्वारा निशुल्क आँखा उपचार शिविर संचालन

by समतल अनलाइन
188Shares

कञ्चन। रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ५ मा स्थापना भएको गौतम बुद्ध सामुदायिक बिकास केन्द्रको आयोजनामा निशुल्क आंखा शिविर कार्यक्रम सम्पन्न भएको भएको छ। नव स्थापित सो सामुदायिक बिकास केन्द्रले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पटक निशुल्क आंखा शिविर संचालन गरेको हो ।
कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले आफ्नो आंखाको परिक्षण गराई शिविरको शुभारम्भ गर्नु भएको थियो ।आंखा परिक्षण पश्चात सेवाग्राहीहरुलाई सम्बोधन गर्दै वा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले मानिसको सबै भन्दा महत्वपुर्ण अंग भनेको नै आंखा भएकोले समय समयमा नियमित रुपमा परिक्षण गराई संसार देखाउने आंखालाई स्वस्थ राख्नु पर्ने बताउनु भएको थियो ।गौतम बुद्ध सामुदायिक बिकास केन्द्रले गाउघरमै लायन्स क्लव अफ बुटवल,लायन्स आंखा अअस्पतालको प्राबिधिक सहयोगमा जेष्ठ,असाहय र बिपन्न पिडितहरुको सुबिधाको लागि संचालन गएिको निशुल्क आंखा उपचार शिविरले आर्थिक र समयको पनि बचत गराएको प्रति पनि केन्द्रलाई धन्यबाद ब्यक्त समेत गर्नु भएको थियो ।
बुटवल लायन्स क्लव,लायन्स आंखा अस्पताल,बुटवलको प्राबिधिक सहयोगमा संचालन गरिएको निशुल्क आंखा उपचार शिविरबारे बताउदै गौतम बुद्ध सामुदायिक बिकास केन्द्रका अध्यक्ष तजिन्द्र पुनले युवाहरुलाई बिकृति र बिसंगती बिरुद्ध एक भएर परम्परागत समाजलाई परिबर्तित समयानुसार सृजनात्मक र सभ्य समाज निर्माणका लागि प्रतिबद्ध बनाउन प्रेरणा र हौसला प्रदान गर्ने लक्ष्य सहित केन्द्रको स्थापना भएको र उक्त उद्धेश्य पुरा गर्न एउटा खुडिकलोको रुपमा आँखा शिविर संचालन गरिएको बताउनु भयो ।
केन्द्रका अध्यक्ष तेजिन्द्र पुनको अध्यक्षता तथा सचिव के.बि. थापाको संचालनमा सम्पन्न आंखा शिविरमा ३ सय ५० जनाले आंखा परिक्षण गराएका थिए भने ४४ जनाको आँखा अप्रेसनका लागि लायन्स आँखा अस्पताल बुटवलमा रिफर गरिएको केन्द्रका सचिव के.वि. थापाले जानकारी दिनु भएको छ।

You may also like

This will close in 0 seconds