76
काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले सो घटनालाई पासविक र अमानवीय कुकृत्यको संज्ञा समेत दिएका छन् ।
अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्य–तथ्य सार्वजनिक गरी दोषिमाथि कडाभन्दा कडा कारवाही गर्न माग गर्दर्छौं ।’

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर फर्किदै गरेको बेला १७ वर्षीया किशोरीमाथि कुकृत्य भएको हो ।