बुटवल । रुपन्देहीको पिपरहवामा शनिबार स्वस्थ शिविर तथा सचेतना कार्यक्रम गरिएको छ । युनिभर्सल फार्मा सोसाईटी अफ नेपाल र रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजना, रोहिणी गाउपालिकाको समन्वय तथा युनिभर्सल मेडिकल कलेजको प्राविधिक सहयोगमा पिपरहवा माविमा निशुल्क शिविर गरिएको हो ।
शिविरको रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गर्दै रोहणीको विकासमा आफू लागेको बताए ।गाउपालिकाको सहकार्यमा यसअघि समेत मेडिकल कलेजबाट जटिल खालका उपचार निशुल्क गरिएको स्मरण गर्दै निरन्तर सहकार्य अघि बढाउने बताए। स्वस्थ्य शिविर आयोजनामा सहयोग गर्ने सबै संघसंस्थाहरुप्रति उनले आभार ब्यक्त गरे।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले नियमित वार्षिक कार्यक्रम अन्तरगत शिविर गरिएको बताए । रोटरी ईन्टरनेश्नलको लक्ष्य अनुसार ग्रामिण क्षेत्रमा स्वस्थ्य सेवासंगै सन्देशमुलक कार्यक्रमबाट ठूलो समूह लाभान्वित भएको उनले दाबी गरे ।
कार्यक्रममा रोटरीका एजी खिमानन्द भुषाल, गाउपालिकाका प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा नं ६ का वडाअध्यक्ष घनश्याम क्षेत्री, युसिएमएसका सौरभ शर्मा, प्रशासन संयोजक तेजकुमार केसी, पिपराहवा माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादवले शिक्षा स्वस्थ्य दिनेतर्फ सरकार लाग्नुपर्ने बताए।
उपसनका अध्यक्ष खगेन्द्र ऐरीले स्वस्थ सम्बन्धि सामाजिक काममा सामाजिक संघसंस्थाहरुको सहयोगमा कार्यक्रम गर्दै आएको बताए। शिविरमा जनरल फिजिसियन, नसा तथा हार्डजोर्नी, बालरोग, महिला तथा प्रसुति सम्बन्धि विशेषज्ञ चिकित्सकहरुबाट परिक्षण तथा निशुल्क अौषधि वितरण गरिएको थियो ।
शिविरका विरामीहरुको थप उपचार गर्नुपर्ने अस्पतालमा नै थप सेवा दिने छ। शिविरमा कलेजका ४ जना विशेषज्ञ चिकित्सकसहित कलेजमा चिकित्साअध्ययरत विद्यार्थीहरुबाट प्राविधिक सहयोग गरेका थिए। शिविरमा ५ सय बढि विरामीहरुले सेवा लिने लक्ष्य रहेको संयोजक देविलाल भट्टराईले बताए। शिविरमा आउने सबैलाई मास्क, सेनिटाईजर वितरण गरिएको थियो ।
ईन्टम चिकित्सकहरुले महिनावारी स्वस्थ्य सम्बन्धि चेतनामुलक नाटक देखाएका थिए । महिनावारीको समयमा गर्नुपर्ने सरसफाई, स्वस्थ सुरक्षाबारे सन्देशमुलक नाटक देखाएका थिए।
शिविरलाई बायोग्यान, युनिभर्सल, सिद्धार्थ, क्वेस्ट ग्रेस,एप्पल, एशियन फार्माच्युटिकल्स लगायत अौषधी उत्पादक संघसंस्थाहरुले अौषधी सहयोग गरेको उपसनका सचिव जुना शर्माले बताईन।
