92
काठमाडौँ।अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार पुगेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ६३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ५७ हजार ८५६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ७०३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७० लाख पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म १ करोड ६७ लाख जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ९८ लाख १९ हजार ६९ जनामध्ये २३ हजार ६७३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।