गणतन्त्रको रक्षाका लागि दलहरु एक जुट हुनैपर्छ : अध्यक्ष डा भट्टराई

by समतल अनलाइन
Shares

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले देशमा प्राप्त उपलब्धिको रक्षाको लागि देशमा संयुक्त आन्दोलनको जरुरी रहेको बताएका छन ।

अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गणतन्त्रको रक्षाका लागि आन्दोलनकारी दलहरु एक भएर आन्दोलनमा उत्रनुपर्ने बताए ।

अध्यक्ष डा भट्टराईले जनताको मतबाट निर्वाचित प्रतिनिधिसभा विघटन गरेर जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भएको बताउँदै वैशाखमा निर्वाचन हुने कुनै सम्भावना नरहेको उल्लेख गरे ।

You may also like