92
नयाँदिल्ली । भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरी इन्टरनेट सेवा काटिएको छ । दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो ।
आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज मध्यरातसम्म जारी रहने जनाइएको छ । दिल्लीको सिङ्घु, गाजीपुर र टिक्री जिल्लामा मोबाइल इन्टरनेट अवरुद्ध पारिएको हो । दिल्लीमा हजारौं किसानहरु महिना दिनभन्दा अघिदेखि आन्दोलनरत छन् ।

सरकारले हालै सार्वजनिक गरेको कृषि कानुन फिर्ता लिनुपर्ने उनीहरुको माग छ । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्नेगरी सरकारले ल्याएको कानुनले पुस्तौदेखि परम्परागत कृषि पेशामा जीवन धान्दै आएका करोडौं किसानहरु विस्थापित हुने किसानहरुको तर्क छ । एजेन्सी