83
बाँके । बाँकेको बैजनाथ नगरपालिकामा कार्यरत अनमी रमा भारतीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीकी पत्नी भारतीको शुक्रबार बिहान उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बूले भेरी अस्पतालको कोभिड वार्डमा आज बिहान ८ बजे भारतीको मृत्यु भएको जानकारी दिए ।
