93
काठमाडौँ। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप १६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ४७ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख २० हजार ९७१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ९३ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।