137
बुटवल । लुम्बिनी प्रदेशका ११ जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ । ११ मध्ये ६ वटा तराइका जिल्लामा १४ गते र अन्य ५ वटा पहाडी जिल्लामा १७ गते खोप अभियान शुरु हुने बताइएको छ ।
बुधबारका लागि रुपन्देही जिल्लाको भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल, कपिलवस्तु अस्पताल, दाङमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ति प्रादेशिक अस्पताल, भेरी अस्पताल बाँके र जिल्ला अस्पताल बर्दियामा खोप केन्द्र तोकिएको छ ।