जेसिजद्वरा अति विपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

by समतल अनलाइन
Shares

प्रिया अधिकारी
कञ्चन।कञ्चन जेसिजको आयोजनामा कञ्चन गाउँपालिका भित्र अबस्थित सामुदायिक विद्यालय मध्ये अति विपन्न परिवारका बालबालिकाहरुले पठन -पाठन गर्ने सामुदायिक विद्यालय मध्ये हरैया ५को सरस्वती मा.वि र लौसाको १ को दुर्गा मा .विमा आर्थिक सहयोग प्रदान गरेको छ।

कञ्चन जेसिजकी वर्तमान अध्यक्ष राधिका चौधरीको अध्यक्षयतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकानिघी पौडेल रहेको कार्यक्रममा विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुलाइ आर्थिक सहयोग प्रदान गरेको छ ।

जेसि उपाध्यक्ष शर्ला ढकालको आस्थापाठ रहेको कार्यक्रममा बोल्दै ,विशिष्ट अतिथि नि वर्तमान अध्यक्ष बाबुराम पौडेलले जेसिज कुनै धर्म नभएर सामाजिक संस्था भएकोले कुनै पनि क्षेत्रमा काम गर्ने १८ वर्ष देखी ४० बर्ष नपुगेका यो संस्था आवद्ध रहने र व्यक्तिलाई सकारात्मक सोचका साथ अगाडि बढन हौसला प्रदान गर्ने, व्यक्ती भित्र रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यलले खोलिएको यो संस्था कुनै पनि व्यक्ती आफ्नो अधिकार बाट बन्चित हुन नपरोस् आफ्नो अधिकारको लागि आवाज उठाउनु सक्षम बनाउने र स्व: उत्पादनमा आत्मनिर्भरता प्रदान गर्न र उत्पादित प्रतिभा वा उत्पादित बस्तुलाइ सहि स्थानमा पुर्याउन र नेतृत्व विकास गर्न सक्षम नागरिक बनाउने संस्था भएको बताउदै विधार्थीको पठन-पाठनमा बाधा नआयोस र शिक्षाको उज्यालो प्रकाश पाउन बाट बन्चित नहुन भनेर आफ्नो संस्थाले सकेको सहयोग गरेको बताउनु भयो।

त्यसै गरि कार्यकारिणी उपाध्यक्ष चित्रलाल तुलाचनको स्वागत मन्तव्य रहेको कार्यक्रममा दुर्गा मा. विका बिधालय प्र लक्षुमण गौतम, विधार्थी अभिभावक संगका अध्यक्ष धन बहादुर भुजेल , विधालय व्यवस्थापन समितिका अध्यक्ष टिकानिधी पौडेल ,लगायतले आ- आफ्नो मन्तव्य राखेका थिए । कानुनी सल्लाहकार राजन पौडेलको सञ्चालनमा भएको कार्यक्रममा जेसि अध्यक्ष राधिका चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

You may also like

This will close in 0 seconds