131
चितवन । चितवनमा स्कूल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आज (मंगलबार) विहान ९ः२० बजे रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा सनराइज बोडिङ स्कूलको बा २ ख ५६७४ नम्वरको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ ५ का २४ बर्षिय अनिल मगर र पछाडि सवार सुनसरी जिल्ला धरान नगरपालिका ९ का २० बर्षिय गौरब राइको मृत्यु भएको हो ।