144
बुटवल । गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार बुटवलको रक्त संचार केन्द्रमा भएको रक्तदानमा ४६ युनिट रगत संकलन भएको हो ।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको संस्थाका अध्यक्ष देवीदत गिरीले बताए। कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताए। गुल्मी बम्घामा जन्म भुमि भई रुपन्देहीलाई कर्मथलो बनाउदै आएका बम्घेलीको एकता र पहिचानको लागि संस्था निमार्ण गरिएको संस्थाका सचिव कृष्ण खत्रीले बताए ।
previous post