127
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार विवाह गरेका छन् ।४९ बर्षिय राईले २३ वर्षीया मोडल तथा २०१८ की ‘मिस मंगोल नेपाल’जाङमु शेर्पासँग परम्परागत विवाह गरेका हुन् ।
काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित संख्यामा जन्ती लिएर गएका मुख्यमन्त्री राईले शेर्पासँग विवाह गरेका हुन् । मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । ज्याङ्मुका माता पिता भने हाल अमेरिकामा बस्दै आएको बताइएको छ ।