बुटवल । रुपन्देही खुद्रा किराना व्यवसायीले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । सो कार्यक्रम बार्षिक साधारणसभाको अवसरमा गरेको हो ।
। रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।
बार्षिक कार्यसुची अनुसार गरीएको रक्तदान कार्यक्रमा प्रमुख अतिथि बुटवलका प्रतिष्ठीत उद्योगी नरेश्वर पौडेलले उद्योगी तथा व्यवासायीहरु मुनाफासगैसमाजिक उत्तरदायित्वमा पनि लाग्नुपर्ने बताए ।

उनले साना व्यवासयीहरु समस्याहरु राज्यको ध्यानआर्कषण हुन नसकेको भन्दै व्यवसायीक हक हितको लागि एकजुट हुनुपर्ने बताए ।खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता भएको कार्याक्रमा स्वंयसेवी रक्तदात समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका उपसभापति कृष्ण भट्टराई , संघका संस्थापन अध्यक्ष टिकाराम गैरे , पुर्व अध्यक्ष केसव कुवंर , सल्लाहकार कृष्ण भुषाल , महा सचिव गोपाल प्रधान , सचिव तथा कार्यक्रम संयोजक थानेस्वर अर्याल लगायतले बोलेका थिए ।
संघले बुटवल रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा गरेको हो ।