गायक रञ्जित परियारको ‘रेलको भाडा’ सार्वजनिक ( भिडियो )

by समतल अनलाइन
Shares

काठमाडौं । धमाधम लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गीतहरु धमाधम बजारमा ल्याई राखेका छन् ।त्यसै अनुरुप पछिल्लो समयका चर्चित गायक रञ्जित परियारले पनि यो बर्ष उनकै आफ्नै चर्चित गीत रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन् ।

धेरै दर्शक श्रोताले मन पराईएको गीत रेलको भाडा अहिलेका चर्चित कलाकारहरु रञ्जित परियार, टिकासानु, रविन लामिछाने र सम्झना भण्डारीको आवाजमा सजिएको छ ।

सबै पक्षबाट उत्कृष्ट बनेको रेलको भाडा टिपिकल पारामा भिडियो निर्देशन गरिएको छ भने बेहुला पक्ष र बेहुली पक्षबाट भनाभन लाईभ दोहोरी जसरी प्रस्तुत गरिएको छ ।

भिडियोमा चर्चित चर्चित कलाकारहरु समावेश गरिएको छ ।

यस गीतमा शब्द सिर्जना रविन लामिछानेको छ भने संगित रञ्जित परियार आफ्नै रहेको छ ।

You may also like

This will close in 0 seconds