97
अर्घाखाँचि । अर्घाखाँचिको शितगंगा नगरपालिका १३ सिमलपानीको छेडामा बस दुर्घटना भएको छ । दुर्घटनमा परि १० जना घाईते भएको प्रहरीले जनाएको छ ।
सिमलपानि बाट कपिलवस्तुको बैरिया तर्फ आउदै गरेको लु १ ख ७८१४ नम्बरको बस दुर्घटना भएको हो । बसमा सिमलपनिका १५ जना सबार रहेको बताईएको छ । भिरालो बाटो भएकाले गाडिको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
चालक र सहचालक सिमलपानि प्रहरीको नियन्त्रणमा रहेको प्रहरी साहयक निरिक्षक टेक बहादुर ठाडा मगरले jजानकारी दिए । घाईते सबैलाई उपचारका लागि पठाई सकिएको उनको भनाई छ ।
