बुटवल।बुटवल फर्निचर उद्योग संघ बुटवलले वार्षिक कार्यक्रम अन्तरगत देविनगरस्थित नेपाल अपाङ आश्रमलाई फर्निचर तथा खाद्यान्न सामग्री सहयोग गरेको छ । सोमबार एक समारोहका बिच नेपाल फर्निचर तथा फर्निसिङ महासंघका उपाध्यक्ष नरेश कुमार श्रेष्ठ , संघका सल्लाहकार माधव प्रसाद पौडेल, बोनिन पिया, सावित्रा टण्डन, विष्णुप्रसाद पाण्डे, संघका अध्यक्ष सुरेन्द्र ज्ञवाली, उपाध्यक्ष जीवकान्त काफ्ले, महासचिव अशोक कुवर, कोषाध्यक्ष नेत्र रुचालले आश्रमका अध्यक्ष डोल बहादुर रामदासलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन।
आश्रमका अध्यक्ष डोल बहादुर रामदासले आश्रम स्थापनाकाल देखि नै धेरै संघसंस्थाहरुबाट सहयोग भएको बताए । सबैको सहयोगबाट आश्रम अहिलेको अवस्थामा पुगेको उनले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष तथा संयोजक तेज प्रसाद पराजुलीले फर्निचर सामग्री ६० हजार र खाद्यान्न १० हजार गरि ७० हजार रुपैया बराबर सहयोग गरेको बताए ।
सल्लाहकार माधव प्रसाद पौडेलले उद्योगीहरुको सानासाना सहयोग जुटाएर सामाजिक कार्यमा अग्रसर देखाएर नमुना काम गर्दै आएको बताए। संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्व अन्तरगत वार्षिक रुपमा विविध रचनात्मक कार्यक्रम गर्दै आएको बताए । शारीरिक अपाङता भएका ब्यक्तिबाट अरु अपाङता भएकाहरुको सहयोगमा लागेको आश्रमप्रति सबैको साथ जरुरी रहेको उनले बताए ।
नेपाल फर्निचर तथा फर्निसिङ महासंघका उपाध्यक्ष नरेश कुमार श्रेष्ठले आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
			        

												
														

