मुक्तिनाथ लायन्स क्लब द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

by समतल अनलाइन
Shares

बुटवल ।लायन्स क्लब अफ बुटवल मुक्तिनाले आज एक कार्यक्रमका बीच गरिब तथा जेहेनदार विद्यार्थी हरुलाई न्यानो कपडा सहयोग गरेको छ ।

सामाजिक कार्यमा क्रियासिल लायन्स क्लब अफ बुटवल मुक्तिनाथले बुटवल–१३,बदेलापोखरी स्थित श्री जितेस्वरी माध्यमिक बिद्यालयमा पुगेर त्यहाँ अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका परिवारका ४२ जना विद्यार्थी हरुलाई स्वेटर प्रदान गरेको हो ।

बिद्यालयका केहि छात्रछात्राहरु को पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेको जानकारी सहित बिद्यालय वाट प्राप्त अनुरोध बमोजिम जाडो मौसममा बालबालिकाहरु लाई आवस्यक स्वेटर सहयोग गरिएको हो । लायन्स अन्तरास्ट्रिय का संस्थापक मेल्बिन जोनको जन्मजयन्ती सप्ताहव्यापी रुपमा मनाउने क्रममा आज सो कार्यक्रम सम्पन्न गरिएको क्लबले जनाएको छ ।

लायन्स क्लब अफ बुटवल मुक्तिनाथका सदस्य इश्वर घिमिरेको सौजन्यमा कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्सका पुर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठले मुक्तिनाथ लायन्स क्लब यो क्षेत्रको उदारणीय क्लब भएको बताउदै बिगत देखि आजसम्मका कामहरु नियाल्दा क्लब अति सक्रिय देखिएको बताउनु भएको थियो ।

क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन चेयारपर्सन गणेशप्रसाद भट्टराई, बिद्यालय का प्रधानाध्यापक उपेन्द्र ज्ञावाली,क्लब का पुर्व अध्यक्ष रिखिराम भट्टराई ,कार्यक्रम संयोजक इश्वर घिमिरे, लगायतले बोलेका थिए ।

You may also like