नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार

by समतल अनलाइन
Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ६३ हजार १९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् ।

कूल सङ्क्रमितको संख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको संख्या पाँच हजार १३३ छ । तीमध्ये १,६०८ जना होमआइसोलेसनमा छन् । एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ ।

You may also like