युवतीको विषयलाई लिएर साथीको हत्या, तोरीबारीमा भेटियो शव

by समतल अनलाइन
326Shares

ललितपुर। सिन्धुलीको फिक्कल घर भई ललितपुरको चापागाउँ बस्ने नारायण श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उदयपुरको रौतामाई घर भएका मिलन रानामगरलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

युवतीको विषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले मिलनलाई पक्राउ गरेको थियो ।

रानाको बयानको आधारमा खोजी गर्दा नारायण श्रेष्ठको शव तोरीबारीमा भेटिएको थियो । हत्या भएका श्रेष्ठ र अभियुक्त मिलन रानामगर साथी भएको पनि प्रहरीले जनाएको छ ।

You may also like