अपहरणको आरोपमा पक्राउ परेका डेभिड पुर्पक्षका लागि जेल चलान

by समतल अनलाइन
Shares

काठमाडौं  , जिल्ला अदालत काठमाडौंले मलेसियामा रहँदा नेपालीलाई अपहरण गरेको अभियोगमा पक्राउ परेका दुर्गाबहादुर श्रेष्ठ (डेभिड) लाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले श्रेष्ठलाई गत असोज १३ गते महाराजगन्जबाट पक्राउ परेका थिए ।

सिबिआईले पक्राउ गरेपछि जिल्ला अदालत काठमाडौंमा पेश गरेपछि थुनछेक बहसमा अदालतले पुर्पक्षका लागि जेल पठाउने फैसला गरेको थियो ।

प्रहरीका अनुसार उनीविरुद्ध गत जुन महिनामा जाहेरी परेको थियो । मलेसियामा रहँदा डेबिडले आफ्नै रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई अपहरण गरेको जाहेरी परेको थियो।

पीडितकी श्रीमतीले श्रेष्ठविरूद्ध जाहेरी दिएकी थिइन्। तर, पीडित भने मलेसियामै छन्।

सोही जाहेरीको आधारमा प्रहरीले उनविरुद्ध पक्राउ पूर्जी जारीसमेत गरेको थियो। उनी मलेसियाबाट काठमाडौं फर्किएको सूचना पाएपछि प्रहरीले उनलाई खोजी गरी पक्राउ गरेको थियो ।

You may also like

This will close in 0 seconds