थप १,३०४ जनामा कोरोना संक्रमण, दुई हजार ७३ जना निको, २१ को मृत्यु

by समतल अनलाइन
Shares

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । योसँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

आज देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ५२९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

You may also like