दाङ।स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिले १२ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिको आज बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गत कृयासील पत्रकारहरुलाई नगद् सहित प्रमाण पत्रले विभुषित गर्न लागेको बैठक पछि निर्णयहरु सार्वजनिक गर्दै प्रदेश सचिव बिन्दु घिमिरेले जानकारी दिनु भएको छ ।
स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको सभाअध्यक्षतामा दाङमा बसेको बैठकले आउँदो माघको २३ र २४ गते राष्ट्रिय स्तरको “पत्रकार स्वतन्त्र किन बन्ने ” ? भन्ने बिषयमा बृहत् अन्तरकृया कार्यक्रम गर्नै निर्णय समेत गरेको छ । बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका सल्लाहकारहरु लाई सम्मान गर्नै, स्वतन्त्र पत्रकार संघका सबै जिल्लाका अध्यक्षहरुलाई कदर पत्रले सम्मान गर्नै निर्णय गरेको अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

यस्तै बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका पदाधिकारीहरुमार्फत कोभिड १९ का कारण समस्यामा परेका गुल्मि, अर्घाखाँचि र दाङका पत्रकारहरुलाई राहत बितरणगरेकोकार्यको सह्राहना गर्दै वितरण कार्यलाई सर्वसम्मतिले पारीत गर्नै निर्णय समेत गरेको छ ।
स्वतन्त्र पत्रका संघ लुम्बिनी प्रदेश समितिको कार्यालय दाङमा गर्नै भएको यसअघिको निर्णयलाई कार्यान्वयन गर्न दाङमा कार्यालय स्थापना गर्र्नैै निर्णय गरेको छ ।
आउँदो माघको २३ र २४ गते राष्ट्र व्यापी बृहत् सम्मेलन गर्नै निर्णय गर्दै स्वतन्त्र पत्रकार संघ केन्द्रिय समिति, प्रदेश समिति र प्रत्येक जिल्लाहरुबाट अध्यक्ष सहित ३ जना लाई अन्तरकृयामा सहभागि गराउने आम अन्तरकृया गर्नै निर्णय पारीत गर्दै बैठकले केन्द्रिय समितिको समन्वयमा जिल्ला समिति पुनःगठन तथा विस्तार गर्नै रणनिती समेत तय गरेको छ ।
यस्तै बैठकले तयारी बैठक मंसीर २९ गते बुटवलमा गर्नै निर्णय गर्दै प्रेस ज्याकेटहरु तयारी गरी बितरण गर्नै कार्यवाहक अध्यक्ष ईश्वरी प्रसाद् पौडेललाई जिम्मेवारी तोकेको छ ।
यस्तै बैठकले अर्घाखाँचि बाट विकाश पाण्डे, बुटबल बाट कृष्ण पौडेल र भुपेन्द्र पौडेल लाई प्रदेश समितिको सल्लाहकारमा चयन गर्नै निर्णय गरेको छ । यस्तै बैठकले जीवन वली (दाङ), रोजक रोका (दाङ) र ईशा क्षेत्री (रुपन्देही) लाई प्रदेश समितिको कार्यसमिति सदस्यमा मनोनित गर्नै निर्णय समेत गरेको छ ।
स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका वरिष्ठ सदस्य समीर ढकालको मोटरसाईकल दुर्घटनाम परी घाईते हुनुभएकोमा ढकालको सिघ्रस्वास्थ्य लाभको कामना गर्नै निर्णय गरेको छ ।
बैठकले स्वतन्त्र पत्रकार संघका निवर्तमा केन्द्रिय कोषाध्यक्ष बिरेन्द्र पाण्डेको पुजनीय पिताजी स्व. मोहनीलाल पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष अनिल पहाडीको पुजनीय पिताजी स्व.टेक बहादुर परीयार र सहोदर दाजु स्व. सन्तोष परीयार, यस्तै नवलपरासीका जिल्ला अध्यक्ष प्रेम पराजुलीको ममतायी आमा स्व.देवीशरा पराजुलीको निधनमा शोक प्रस्ताव पारीत गर्नै निर्णय गरेको छ ।
उल्टो साईकल यात्रिलाई बिषेस सम्मान हुनेः
स्वतन्त्र पत्रकार संघको निवर्तमान केन्द्रिय कोषाध्यक्ष एवं किर्तिमानधारी मेची महाकाली उल्टो साईकल यात्रि बिरेन्द्र पाण्डेलाई बिषेस सम्मान गर्नै निर्णय पारीत गरीएको छ । पाण्डेले स्वतन्त्र पत्रकार संघका नाममा मेचि महाकाली उल्टो साईकल यात्रा गर्नुभएको थियो ।
देवकोटा द्धारा आमाको नाममा अक्षयकोषको स्थापनाः
स्वतन्त्र पत्रकार संघ लुम्बििनी प्रदेश अध्यक्ष बिष्णुकुमार देवकोटाले आफ्नी ममतामयी आमा स्व. हीमालयदेवी देवकोटाको नाममा २५ हजार रुपैयाँको अक्षयकोषको स्थापना गर्नुभएको छ । “हीमालयदेवी देवकोटा स्वतन्त्र बर्ष उत्कृष्ट पुरस्कार”को नामा स्वतन्त्र पत्रकार संघ प्रदेश समितिमा अक्षय कोष स्थापना गर्नै प्रस्ताव वैठकले पारीत गरेको कार्यवाहक अध्यक्ष आर.एन. पौडेलले जानकारी दिनुभयो ।
प्रत्येक बर्ष जोखिम युक्त पत्रकारीता गर्नै व्यक्तिलाई आएको ब्याजबाट नगद् सहित सम्मान गरीने देवकोटाले जानकारी दिनुभयो ।
बैठकमा प्रदेश सल्लाहकार द्धय केशव परीयार र पुष्कर के.सी.ले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघका प्रदेश सचिव विन्दु घिमिरेले गर्नुभएको थियो ।