134
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।