141
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९ हजार ९१२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ३ हजार २५१ जनाको उपचार भइरहेको छ ।