76
काठमाडौं । छोटो, मध्यम र लामो दूरीका सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागु हुने भएको छ ।मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निर्णय गरेको हो ।
असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।
सार्वजनिक सवारी साधनको सिट क्षमता अनुसारको यात्रु बोक्न पाउने र भाडादर बन्दाबन्दी हुनुअघि अर्थात चैत ११ गते अगाडिकै कायम रहने मन्त्रिपरिषद्को निर्णय रहेको उनले बताए ।
त्यस्तै, आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागु गरिएको छ । आन्तरिक हवाई उडानमासमेत सिट क्षमता अनुसार यात्रु बोक्न सक्ने र भाडादर भने चैत ११ अघिकै कायम गरिएको छ ।