कोरोना भाइरस वुहानबाट सुरू नभएको चीनको दाबी

by समतल अनलाइन
121Shares

एजेन्सी।चीनले कोरोना भाइरस वुहानबाट सुरु नभएको दाबी गरेको छ ।वुहानको मासु बजारबाट कोरोना महामारी सुरु भएको भन्ने रिपोर्टको खण्डन गर्दै चीनले बरू समयमै विश्व समुदायलाई यसबारे सूचना दिएर सचेत गराएको बताएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘पछिल्ला वर्ष यो भाइरस संसारका धेरै भागमा फैलिइसकेको थियो, तर चीन नै त्यस्तो देश हो, जसले यसबारे विश्वलाई पहिलोपटक जानकारी दियो र तत्काल उपयुक्त कदम चाल्यो।’

कोरोना नयाँ प्रकारको भाइरस हो र यो भाइरसबारे अझै विभिन्न तथ्य आउने क्रम जारी रहेकाले वुहान नै भाइरस उत्पतिको केन्द्र भन्ने आधार नभएको उनले प्रष्ट्याएकी छन् ।

You may also like