120
बुटवल । बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो। असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएको र गएराती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल आएका कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनकाे बिहीबार रिपोर्ट पाेजेटिभ आएको हो। उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो।
previous post