खोला खाल्सीको भिडियोबाट प्राप्त आम्दानीको २० प्रतिशत स्नेहा बाल आश्रमलाई

by समतल अनलाइन
Shares

थानेश्वर अधिकारी
कपिलवस्तु ।कलाकार तथा फिल्म निर्माता बिक्रम जंग शाह र चर्चित कलाकार सिर्जु अधिकारीको नेपाली नयाँ लोक दोहोरी गीत ‘खोला खाल्सी हे माया’ गीतको भिडियोबाट प्राप्त २० प्रतिशत रकम कलाकार सुलेमान शंकर ‘इकु’द्वारा संचालित स्नेहा बाल आश्रम दिने गायक शाहले बताएका छन् ।
लोकप्रिय कलाकार तथा राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय उपाध्यक्षअमृत खातीको संगीत तथा बिक्रम जंग शाहको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो S3K Entertainment को Officialयुट्युब मार्फत सार्वजनिक गरिएको छ ।
कोरोना महामारीकै बीच काभ्रे जिल्लाका रमणीय विभिन्न ठाउँमा ठाउँमा छायांकन गरिएको उक्त गीत स्थानीय लोक संस्कृतिलाई बढि प्राथमिकता दिइएको छ । कमल सौरागको एरेन्ज, सागर गौतमको छायांकन, मनोज कार्कीको भिडियोमा सम्पादन रहेको छ । जुन गीतको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन गरेका हुन ।
बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती,आशिका खाती लगायतले उक्त भिडियोमा अभिनय गरेका छन् ।
राष्ट्रिय संगितकर्मी संघका महासचिव समेत रहेका शाह लगायत केन्द्रिय सदस्य सिर्जुको टिमले निकै लामो समय सम्म लकडाउनको समयमा समस्यामा परेका कलाकार तथा नागरिकहरुलाई काठमाडौंमा खाद्यान्न लगायतका सामाग्री वितरण गरेको थियोे । टिकटकमा समेत अत्याधिक रुचाइएको यो गीत सबैले हेरेर र सुनेर साथ दिन गायक शाहले आग्रह गरेका छन् ।
थप भिडियोमा हेर्नुहोस्

You may also like

This will close in 0 seconds