135
बुटवल। रुपन्देहीमा विहिवार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कुल संक्रमितको संख्या २ हजार २ सय ८२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका ४२ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, तिलोत्तमामा १९ जना, देवदहमा २ जना, ओमसतियामा २, सैनामैनामा ५ र रोहिणीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।