काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय १४ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७८ हजार ५८६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९४ हजार ३७२ जना संक्रमित पुष्टि भएको छ ।योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४७ लाख नाघेको छ । भारतमा कुल संक्रमित ४७ लाख ५४ हजार ३५७ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।त्यस्तै भारतमा अहिलेसम्म ३७ लाख २ हजार ५९६ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ७३ हजार १७५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ६२ लाख ६० हजार ९२८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ७१ हजार ७०२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।