सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विदाई कार्यक्रम सम्पन्न

by समतल अनलाइन
Shares

सुरेश थापा
गुल्मी। गुल्मीको सत्यवतीमा प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीलाई भव्य कार्यक्रमका साथ विदाई गरिएको छ । सत्यवती गाउँपालिकामा रहदा कुशलता पूर्वक जिम्मेवारी निभाएर काम गरेको भन्दै भण्डारीलाई सत्यवती गाउँपालिकाको सभाहलमा कार्यपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले संयुक्तरुपमा विदाई गरेका थिए । ७४ साल चैत्र १९ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा सत्यवती गाउँपालिकाको कार्यभार सम्हाल्नु भएको हो । बिदाई कार्यक्रममा सत्यवती गाउँपालिका उपाध्यक्ष शुवर्ण शाहि शेर्चन, वडा नं. १ का वडा अध्यक्ष भिमलाल पाण्डे, कार्यपालिका सदस्य नरमाया थापा, चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपाने, नेपाली कांग्रेसका स्थानिय प्रतिनिधि हरि प्रसाद भण्डारी, नेकपा नेकपाका स्थानिय प्रतिनिधि ठग प्रसाद ज्ञवाली, कृष्ण प्रसाद पाण्डे, मुक्ति प्रसाद भण्डारी, रोसन घिमिरे लगायतले भण्डारीको कार्यकालको प्रशंशा गर्नुभयो ।
नेत्र प्रसाद पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बोल्दै प्रशासकीय अधिकृत को जन्मभुमी सत्यवतीनै रहेकोले उहाको सत्यवती प्रतिको माया साथै उहाँले आफ्नो कार्यकालमा गरेका काम निकै प्रसंशायोग्य रहेको बताउदै उहाँको प्रगति चाहेको र काठमाण्डैमा रहेपनि सत्यवती गाउँपालिकालाई आवश्यक पर्दा सुझाव सल्लाहको साथै केन्द्रदेखि गर्नुपने पहलमा सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
आफ्नै गाउँपालिकामा आएर सेव गर्न पाउनु नै मेरो लागी महत्वपूर्ण विषय हो, आफू काठमाण्डौमा रहेपनी यस गाउँपालिकाको लागि तन, मन र बचनले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । इलाका प्रहरी कार्यालय जोहाङ्गका प्रमुख सुग्रिव बैदवार, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुनिल ज्ञवाली, पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन हरि प्रसाद भण्डारीले गर्नुभएको थियो ।

You may also like

This will close in 0 seconds