159
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा काठमाडौँका ३ जना र कास्कीकी जना जना रहेका छन् ।त्यस्तै सिरहाका २ जना, मोरङ, सर्लाही, दोलखा, मकवानपुर र बाँकेका एक जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।