घिरौलाको भरमा छाक टारेकी सुत्केरीलाई पौष्टिक आहार सहयोग

by समतल अनलाइन
Shares

कपिलवस्तु। बुद्धभुमि नगरपालीका वडा नं. ३ दुवियाकी सुत्केरीलाई बास्मती थारुलाई पौष्टिक आहारका लागी पहिलो पाईला नेपालले सहयोग गरेको छ ।इट्टा भट्टमा काम गर्दै आएका २५ बर्षिय थारुका श्रीमानको लकडाउन पछि रोजगारबिहिन भएपछि छाक टार्नै धौ धौ भएको थियो । स्थानिय युवा अभियानता एवं पहिलो पाईला नेपाल बुटवल शाखाका सचिव पारस मरासीनीले थारुको पारिवारीक अवस्था बारे जानकारी पाएपछि सहयोग गर्ने प्रतिज्ञा गर्नुभयो ।त्यसै अनुरुप पहिलो पाईला नेपाल बुटवल शाखाको सहयोगमा अण्डा ,घ्यु , चामल ,दाल ,मासु लगायतका आवश्यक खाध्यय्न सामाग्री हस्तान्तरण गरेको बताउनुभएको छ ।

सामाग्री हस्तान्तरण गर्दै पहिलो पाईला नेपाल बुटवल शाखाका सचिव पारस मरासिनीले घर बनाउन समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जहाँ दुख्छ त्यहाँ पहिलो पाईला पुग्छ भन्ने मुल नारा लिएर सामाजिक क्षेत्रमा अग्रसर संस्थाले कार्यक्षेत्र बाहिर गएर पनी दुखीको घाउमा मलम लगाउने गरेको छ ।त्यस्तै रुपन्देही फर्साटिक्कर घर भएका अभियानता अर्जुन रेग्मिको पहलमा सुत्केरी र बच्चालाई लुगा समेत प्रदान गरिएको छ ।

You may also like

skip


This will close in 5 seconds