144
काठमाडौं। विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ ।डब्ल्युएचओका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने र यो हतारो गर्ने विषय नभएको बताए।
परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भएपनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिदा त्यसले निम्त्याउने परिणाम घातक हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए ।हाल ३३ वटा खोप क्लिनकल परीक्षणमा छन् भने १ सय ४३ वटा खोप प्रि क्लिनिकल मूल्यांकनको चरणमा रहेको डब्ल्युएचओले जनाएको छ।
संगठनले विना तयारी लकडाउन हटाएका देशलाई संक्रमण भयावह हुन सक्ने चेतावनी पनि दिएको छ । संक्रमण नघट्दै मानिसहरू भेला भए अवस्था भयावह हुने भएकाले सचेत रहन उसले आग्रह गरेको छ ।