193
बुटवल । लायन्स क्लब अफ मणिग्रामले संचारकर्मीहरुलाई मेडिकल मास्क र सेनिटाईजर बितरण गरेको छ । क्लबले शनिबार मणिग्राममा एक कार्यक्रम गरि दुई दर्जन बढी संचारकर्मीहरुलाई मेडिकल मास्क तथा सेनिटाईजर बितरण गरेको हो ।
क्लबका अध्यक्ष सुरज कुमार लम्सालले वार्षिक कार्यक्रम अन्तरगत १६ औ कार्यक्रम चलाईरहेको बताए । कोभिड १९ को बिरुद्ध लगातार सचेतना र सुरक्षा सामग्री वितरणको कामलाई निरन्तरता दिएको उनको भनाइ छ । एक्सपर्ट फाउण्डेसन नेपालका अध्यक्ष रोशन कंडेलले सामाजिक क्षेत्रमा काम गर्ने धेरै संस्थामध्ये यो फरक पहिचान बनाएर अघि बढेको दाबी गरे ।
previous post