201
सुनसरी। सिरहाका कोरोना संक्रमित एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ ।
सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११:२० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।