166
बुटवल। ग्लोबल आइएमई लघुवित्तले मर्जर तथ प्राप्ति समिति गठन गरेको छ। कम्पनीले अन्य लघुवित्तसंग मर्जर तथा प्राप्तिका लागि उपयुक्त संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि समिति गठन गरेको हो ।
मर्जर समितिको संयोजकमा संचालक शुसोभन देवकोटा छन् भने सदस्यमा संचालक अनिमेश हलवाई र सदस्य सचिवमा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत श्री हरिकृष्ण जोशी रहेका छन्।हाल वित्तीय संस्थाले ४६ वटा जिल्लामा ६८ वटा शाखा कार्यालय मार्फत ९३००० हजार ग्राहक सदस्यलाई सेवा दिदै आएको छ ।