विषालु च्याउ खाँदा बिरामी परेका रोल्पाका तीनजनाकै मृत्यु

by समतल अनलाइन
764Shares

रोल्पा । विषालु च्याउ खाँदा बिरामी भएका रोल्पामा एकै घरका तीनजनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–६ पाटेगुम्चालका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए।

गुम्चालकी २५ वर्षीया पुरमला बुढाथोकी र उनकी ७ वर्षीया छोरी सुनिता र ४ वर्षीया छोरा पुष्करको मृत्य भएको हो। छिमेकी भिमसर पुनका अनुसार पुरमलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।
छोरी सुनिताको साउन १२ गते दिउँसो ४ बजे मेडिकल कलेजमै मृत्यु भएको थियो। छोरा पुष्करको साउन ११ गते लुम्बिनि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आफन्त नने पुनका अनुसार साउन ८ गते बेलुका विषालु च्याउ खाएर उनीहरु बिरामी भएका थिए। गोठमा बस्दै आएका उनीहरुले जंगलबाट च्याउ ल्याएर खाएका थिए।

बिरामी भएको थाहा पाएर आफन्तले स्थानीय मेडिकलमा लगेका थिए।

Comments

You may also like

This will close in 0 seconds