अनावश्यकरुपमा सडकमा निस्कनेलाई प्रहरीले पक्राउ गर्ने :एसपी अजय केसि

by समतल अनलाइन
Shares

वलपरासी ब.सु.पश्चिम । सोमबार अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । नवलपरासी ब.सु.पश्चिम घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरेको भेटिएमा पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसिले जानकारी दिए ।

भारत, फ्रान्स, इटालीलगायतका मुलुकमा लकडाउनेको अवज्ञा गरेका कारण मानविय क्षति ठूलो भएको कुरालाई मध्यनजर गरेर सरकारले गरेको निषेधाज्ञाको अवज्ञा गर्नेलाई कडाइका साथ पालना गर्न यस्तो निर्णय भएको हो । दिउसो हिडडुल गरेको पाइए पक्राउ गरेर दिनभर प्रहरी कार्यालयमा राखिने जिल्ला प्रहरी कार्यालय नवलपरासी ब.सु.पश्चिमका एसपी अजय केसिले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय नवलपरासी ब.सु.पश्चिमले पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञालाई टेकेर प्रहरीले आइतबार देखि बाहिर हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिने जनाएको हो!

You may also like

This will close in 0 seconds