120
माधब ज्ञवाली
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउपालिकाले सोमवार पुन; बजार अनुगमन गरेको छ। गुल्मीको बलेटक्सार ३० र रिडीमा ३४ गरि ६४ पसलमा अनुगमन गरिएको जनाइएको छ । । अनुगमनको क्रममा औषधि ,किराना सामाग्री ,पेय पदार्थ , रङ रोगनका सामाग्री लगायत म्याद गुज्रिएका थुप्रै सामाग्री अनुगमन टोलिले जफद गरेको छ। बेच्न राखिएको खाने पानी समेत म्याद गुज्रिएको पाइएको छ ।
एक होटलमा पिउने पानी माग्दा अनुगमन टोलिलाई नै म्याद गुज्रिएको पिउने पानी (मिनिरल वाटर) दिएपछी अनुगमन टोलिले म्याद नागेको पानी समेत जफद गरेको छ।
previous post