बागलुङको निसीखोलामा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

by समतल अनलाइन
Shares

बागलुङ । बागलुङमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।शुक्रबार राति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको हो ।

पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए।

सोही पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छन्। अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

You may also like

This will close in 0 seconds