144
कपिलवस्तु । कपिलवस्तुमा जिल्ला अस्पतालका ३ जना चिकित्सक सहित १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन २६ गते अस्पतालमा कार्यरत र केही सम्पर्क ब्यक्तिहरु समेत ९१ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाईएकोमा चिकित्सक सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार संक्रमण पुष्टि भएकाहरुमा ओपीडी, ल्याब, नर्सिङ र आकस्मिक कक्षका स्वास्थ्यकर्मी रहेको अस्पतालले जनाएको छ । । अस्पतालका अनुसार अस्पतालको काउन्टर तथा प्रशासन फाँटका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । ७८ स्वाव नमुनाको रिजल्ट आएकोमा ६० जनाको रिपोर्ट भने नेगेटिभ आएको र १३ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।