बुटवल। नेपालबाट झन्डै ११ सय किलोमीटर टाढा उत्तरी अमेरिकाको भौगोलिक परिवेशमा नेपाली समुदायको विकास र स्तरोन्नतिका लागि क्रियाशील संस्था नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगेरीको (NCSC ) नेतृत्वको पदहस्तान्तरण कार्यक्रम हालै सम्पन्न भएको छ।
क्यानाडाको अल्बर्टा प्रान्त अन्तर्गतको क्यालगेरी शहरमा क्रियाशील संस्था एन सी एस सी को गत अगस्त १ तारिखमा भर्च्युअल माध्यमबाट सम्पन्न अधिवेशनमा समिर पाण्डेको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन भएको थियो। कार्यक्रममा निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमितिका पदाधिकारी, विभिन्न संयोजक र सदस्यबीच आ आफ्ना जिम्मेवारीका साथसाथै हाल सम्मको सिकाई, अनुभव र कार्ययोजनाक बारेमा जानकारी गराउदै एक आपसमा सिकाई हस्तान्तरण गर्ने कार्य भयो। संस्थाको आचारसंहिता र मर्यादाका विषयमा नवनिर्वाचित सबैले विशेष ध्यान दिनुपर्ने कुरामा निवर्तमान अध्यक्ष ध्रुब राईले जोड दिनुभएको थियो भने वर्तमान अध्यक्ष समिर पाण्डेले संस्थाको आगामी कार्ययोजनाका बारेमा जानकारी गराउदै सबैको प्रयास सम्पूर्ण सदस्यहरुलाई सामुहिक रुपमा अगाडी बढ्न आव्हान गरेका थिए।
कार्यक्रममा निर्वाचन समितिका संयोजक दिनेश अधिकारी र सदस्य द्वय कल्पना ढकाल र राजेन्द्र गौतमले सम्पूर्ण मतदाता, निवर्तमान कार्यसमिति, सम्पूर्ण उम्मेदवारलाई र वर्तमान कार्यसमितिलाई धन्यवाद दिदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए।
कार्यसमितिको मुख्य तीनवटा पद अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा दुई दुई जनाको उम्मेदवारी परेकोले चुनाव गर्नुपर्ने अवस्था रहेको र हालको अवस्थामा प्रत्यक्ष्य सहभागी गराएर चुनाव सम्पन्न गर्न अनेक कठिनाई भएको अवस्थामा भर्चुअल चुनाव सहज र सजिलो उपाय रहेको र यो पहिलो अनुभव भएको हुनाले केहि सङ तिन कमजोरीहरु पनि रहेको निर्वाचन अधिकृत दिनेश अधिकारीले स्वीकारेका थिए ।
संथाका मिडिया कोअर्डिनेटर सुर्य अधिकारीका अनुसार संस्थाको कार्यकाल २०२० -२२ का लागि नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष्य समिर पाण्डे, उपाध्यक्ष्य श्रीकान्त अर्याल, सचिव प्रकाश बश्याल , कोषाध्यक्ष्य घनेन्द्र न्यौपाने, सह सचिव विकास ढकाल, मिडिया कोअर्डिनेटर सुर्य अधिकारी, इभेन्ट कोअर्डिनेटर सुवर्ण विक्रम मल्ल, र सदस्यहरुमा राजेश शर्मा,डिल्ली बिक्रम राउत, प्रिन्जिया ढुंगेल र मोनोज कुमार शर्मा रहेका छन्।




