192
			
		
		
			
            
				            
			
			        
    बुटवल । परिवर्तित युवा, परिवर्तित सोच , परिवर्तित रास्ट्र भन्ने मुल नारा लिएर अगाडी बढेको नँया युवा नँया सोच संस्थाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर बुधवार बुटवलको देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ। ७५ केजी चामल , केजी दाल , ६ बोरा कपडा , ४ दर्जन कापी , ३ दर्जन पेन्सिल , आदि प्रदान गरेको हो ।
आउदा दिनहरुमा सामाजिक कामलाई निरन्तरता दिने संस्थाका अध्यक्ष सन्दिप पौडेल क्षेत्रि बताए ।कार्यक्रममा नँया युवा नँया सोचका अध्यक्ष सन्दिप पौडेल क्षेत्रि , सचिव विद्या खत्री , संयोजक मनिकर कार्की लगायतको सहभागितामा रहेको थियो ।
			        

												
														

