आजको मौसम : थोरै ठाउँमा पानी, धेरै स्थानमा घाम

Shares

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना
काठमाडौं । केहि दिनयता देशका सबैजसो जिल्लामा कम बर्षा हुँदा आम नागरिकलाई राहत मिलेको छ ।केहि दिनदेखि पानी पर्ने क्रम केहि कम हुँदा यसअघि देशका विभिन्न ठाउँका बाढी, पहिरो र डुबानमा परेर विस्थापितहरुलाई राहत मिलेको छ । आज प्रदेश–१, २, गण्डकी, ५ र सुदूरपश्चिम प्रदेशमा एक–दुई स्थानमा भने अहिले बिहान हल्का वर्षा भएको छ । रातिदेखि जारी वर्ष अब कम हुँदै गएको छ ।

आज (शुक्रबार) देशका थोरै स्थानमा वर्षा भए पनि धेरै स्थानमा घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

आज बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।

‘वर्षा हुने ठाउँमा पनि दिनभर भइरहने हुँदैन, बीचबीचमा घाम पनि लाग्ने सम्भावना छ,’ शुक्रबार बिहान मौसमविद् पौडेलले भने, ‘आज दिउँसो वर्षाको सम्भावना खासै छैन ।’

‘आज दिउँसो काठमाडौं उपत्यका पनि हल्का वर्षा हुने सम्भावना छ, तर त्यो सम्भावना कमै छ,’ उनले भने, ‘पानी परिहाले पनि दिनभर पर्दैन, घाम पनि लाग्छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भने भारी वर्षा हुने सम्भावना पनि छ ।

You may also like

This will close in 0 seconds