125
कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए ।
कोरोना सङ्क्रमण फैलिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।