126
काठमाडौं । सुनको मूल्य केही दिनभित्रै तोलाको १ लाख ३० हजारभन्दा बढी हुने आँकलन गरिएको छ । आज प्रति तोला १ हजार एक सय रुपैयाँ बढेपछि यस्तो आँकलन गरिएको हो । कोरोना महामारीले विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो ।
दुई सातादेखि निरन्तर उकालो लागेको छापावाल सुन आज प्रति तोला एक लाख २ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ। लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको हो । सुनको मुल्य हिजो पनि प्रति तोला १ हजार ६ सय रुपैया बढेको थियो । हिजो सुन प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
previous post